मधेस सरकार जनतालाई लुट्नका लागि बनेको हो : प्रभु साह
कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेस सरकार मधेसी जनतालाई लुट्नकै लागि बनेको दाबी गरेका छन् । मधेसवादी दलको भ्रष्ट चरित्रले मधेस बदनाम भएको उनले बताए ।
बाराको खुटुवा प्रसौनीमा आजपाद्वारा बिहीबार आयोजित भेलालाई सम्बोधन गर्दै साहले मधेसी जनतालाई लुट्न, ठग्नु मधेस सरकार र मधेसवादी दलका नेताहरूको पेसा नै बनिसकेको ठोकुवा गरे ।
उनले भने, ‘छोरीलाई वितरण गरिने साइकल चोरेका छन् । दलितहरूको घर निर्माणमा भ्रष्टाचार गरेको, राहतको पैसा समेत लुटेका छन् । बजेटको किनबेच एवं कृषकको अनुदानमा कमिसन यी भ्रष्ट र चोर नेताहरूको पेसा भएको छ ।’
किसानको अनुदान तथा पीडितको राहतमा समेत भ्रष्टाचार गरेका लुटेराहरूले मधेसलाई समृद्ध बनाउने काम गर्नै नसक्ने साहले बताए ।
भ्रष्टाचार बाहेक मधेस सरकारले कुनै कामै नगरेको बताउँदै उनले जनतालाई ढाँट्ने, लुट्ने, ठग्ने पेसा नै बनेको बताए । सरकारको काम भनेको देश र जनताका लागि विकास, समृद्धि जस्ता राम्रो काम गर्नु भए पनि मधेस सरकारले हरेक योजनामा लुट मच्चाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण