वर्तमान सरकारविरुद्ध माओवादीले बाह्य शक्ति गुहारेको एमाले सांसद लामाको आरोप
काठमाडौँ । नेकपा (एमाले) का नेता तथा सांसद तारा लामा तामाङले देश बनाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने सरकारको विरुद्धमा बाहिरी शक्तिलाई पनि गुहारेको भन्दै लामाले गम्भीर टिप्पणी गरे ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले देशलाई समृद्धिको दिशामा डोर्याएको र जनतामा आशाको किरण छर्न थालेपछि केही शक्तिहरू आत्तिएको र सरकारविरुद्ध तथानाम बोलेर हिँड्न थालेको टिप्पणी गरे ।
उनले भने,‘अहिले देश समृद्धितर्फ जाने देखेपछि, नेपालभित्रकै केही तप्का छटपटाएर तथानाम बोलेर हिँडिरहेको छ । यसलाई नेपाली जनताले चिर्नेछ । यसको बलमा केही बाहिरी शक्तिहरू पनि हुन सक्छन् । तर, हामीलाई जानकारी भएसम्म त्यस्तो केही पनि छैन । तर, पनि उहाँहरूले बाहिरी शक्तिहरूलाई गुहार्न खोजिरहेको जस्तो देखिन्छ । परराष्ट्रमन्त्रीज्यूको अस्तिको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलले यो सरकारको बारेमा विभिन्न टीकाटिप्पणी गरेको छ । यस्तो राष्ट्रियताको सवालमा, परराष्ट्रको सवालमा सत्तासँग गाँज्नु भनेको एउटा कमजोरी हो । यो एउटा अल्पसोच हो । जनताको आशा जागेको छ । देशमा अब केही हुन्छ है भन्ने आशा जागेको छ। हिजो मान्छे लगानी गर्न डराउँथे । आज साना तथा ठुला लगानीकर्ता जुरमुराएका छन् ।’
उनले कांग्रेस र एमालेबिचको सत्ता–सहकार्य पवित्र उद्देश्यसहित सुरुवात भएकोले यसले देशलाई निकास दिएको दाबी गरे । उनले थपे,‘चुनावपछि नै हामीलाई मिलेर सरकार बनाउन सुझाव आएको थियो । त्यतिबेला भएन । तर, अहिले ढिलै भए पनि हामीबिच सहकार्य भएको छ । यसले कांग्रेस र एमालेलाई के के फाइदा भयो भनेर म भन्दिनँ, तर देशलाई फाइदा भएको छ । कांग्रेस र एमाले एक–अर्काको प्रतिस्पर्धी शक्ति हुन् । यो सरकार बनेको आज ४० दिन पुग्न लागेको छ । जनतामा आज आशा जागेको छ । हिजो जनतामा निराशा थियो । तर, अहिले जनतामा आशाको त्यान्द्रो बढेको छ । अब सरकारले केही गर्छ भनेर जनताले पनि खुसी व्यक्त गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण