जनताले रुचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न : उपप्रधानमन्त्री सिंह
ललितपुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले रुचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गमनको बहसको सन्दर्भमा आज ललितपुरमा सञ्चारकर्मीको प्रश्नमा सिंहले सो कुरा बताएका हुन्।
‘अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदाताले चाहेसम्म हुने हो’ उनले भने, ‘जनताले रुचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नि । त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो ।’
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वाभाविक भन्दै उनले अहिले नेतृत्व बहिर्गमनको नीतिबारेका बहस भने असान्दर्भिक रहेको सिंहको भनाई थियो ।
नेपाली कांग्रेसका नेता समेत रहेका उनले केन्द्रीय समिति बैठकमा पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् ।
त्यस्तै फरक सन्दर्भमा उनले सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिकै स्पिरिटअनुसार सरकारले काम गरिरहेको पनि सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण