विराटनगरमा ‘नारी उत्सव’ हुने
विराटनगर । मोरङ उद्योग व्यापार संघ अन्तर्गतका महिला उद्यमी समितिले हरितालिका तिजको उपलक्ष्यमा नारी उत्सव आयोजना गर्ने भएका छन् ।
आगामी भदौ १४ देखि १६ गतेसम्म विराटनगरमा हुने ‘नारी उत्सव २०८१’ मा महिलाहरूले उत्पादन गरेका घरायसी उत्पादनलाई प्रत्यक्ष रूपमा बजारमा ल्याउने र आफ्नो सक्षमता झल्काउने अपेक्षा गरिएको छ ।
मोरङ उद्योग व्यापार संघको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै उद्यमी समितिकी संयोजक श्रुती शर्माले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रहरूमा संलग्न महिला उद्यमीहरूको प्रवर्द्धन एवं उत्थान गर्ने दीर्घकालीन र मध्यकालीन लक्ष्य लिएको बताइन् । बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म विराटनगरको सिटी पार्टी प्यालेस एण्ड रिर्जटमा हुने नारी उत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ भने उत्पादनहरू प्रदर्शनीका लागि ६० वटा स्टलहरू राखिने उनले बताइन् ।
त्यस्तै, उत्सवमा अठार वर्ष माथिका महिलाहरूका लागि तिज क्वीन २०८१ प्रतियोगिता पनि हुने भएको छ । यस्तै प्रत्येक दिन बेलुका विभिन्न स्थानीय कलाकारहरूबाट सांगीतिक कार्यक्रम हुने जनाइएको छ । मेलाको उद्घाटन समारोहमा मिस नेपाल वल्र्ड आश्मा कुमारी केसी र मिस नेपाल अर्थ सुमना केसीको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण