आजपाको केन्द्रीय समिति बैठक मंगलबार बस्दै
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार र बुधबार केन्द्रीय कमिटीको बैठक बोलाइएको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
देशमा भइरहेका भ्रष्टाचार, बेथिति एवं दलिय अत्याचारविरुद्ध तेस्रो जनआन्दोलनको रणनीति तयार गर्न तथा विगतमा पर्टीले गर्दै आएको संघर्षको गम्भीर समिक्षा सहित आन्दोलन केन्द्रित कार्यविभाजन गर्न बैठक बोलाईएको उनले बताए ।
आजपाले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गर्दै आएको छ । आजपाका अनुसार भन्सार, भ्रष्टाचार, वैदेशिक रोजगार, बैङ्किङ ठगी तथा कवाड लगायतका आन्दोलनका बारेमा बैठकमा समीक्षा हुने एजेन्डा तय भएको छ ।
साथै यी आन्दोलनलाई अझै कसरी सशक्त बनाउने र अगामी दिनमा कसरी अगाडि बढाउने भन्ने बारेमा समेत छलफल र योजना बनाउने काम हुने बताइएको छ । यसैगरी शिक्षक दरबन्दीका लागि मधेसमा जारी आन्दोलनलाई अझै सशक्त बनाउनेलगायतका विषय पनि बैठकको एजेण्डा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण