११ दिनमा ४०० करोड क्लबमा पुग्यो स्त्री २
नयाँ दिल्ली । श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको हरर कमेडी फिल्म स्त्री २ एकै हप्तामा यो वर्षको सबैभन्दा ठूलो बलिउड फिल्म बन्यो । दोस्रो हप्ता पनि फिल्मले बक्स अफिसमा कमाल देखाएको छ । फिल्मले बक्स अफिसमा अहिलेसम्म धेरै रेकर्ड तोडिसकेको छ ।
यसमाथि दर्शकहरूले अझै पनि पैसा वर्षाइरहेका छन् । फिल्म ४०० करोड क्लबमा पुगेको छ । ११ दिनमा फिल्मले यो उपलब्धी हासिल गरेको हो ।
यो उपलब्धीसँग स्त्री २ ले सनी देओलको गदर २, प्रभासको बाहुबली २ः द कन्क्लूजन र यशको केजीएफ २ जस्ता ब्लकबष्टर फिल्मलाई पनि पछाडि पारिदिएको छ । फिल्म अगस्ट १५ मा रिलिज भएको थियो ।
रिलिज भएको दोस्रो दिनमै फिल्मले सय करोडको आँकडा पार गरेको थियो । फिल्मलाई २०० करोड क्लबमा पुग्न चार दिन मात्रै लागेको थियो ।
पछिल्लो उपलब्धिसँगै स्त्री २ भारतीय सिनेमामा छिटै ४०० करोडको आँकडा पार गर्ने तेस्रो फिल्म बनेको छ । ११ दिनमा ४०० करोडको कारोबार गरेर फिल्मले शाहरुख खानको पठानसँग बराबरी गरेको छ ।
तर फिल्म शाहरुखको जवान र रणवीर कपुरको एनिमल भन्दा चाँहि पछाडि छ । यो उपलब्धि हासिल गर्न यी दुई फिल्मलाई क्रमशः ९ र १० दिन लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण