घरेलु मैदानमै उपाधिबाट चुक्यो नेपाल
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले बुधबार खेलिएको फाइनल खेलमा नेपाललाई ४–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
घरेलु टोलीलाई स्तब्ध पार्दै बंगलादेशले पहिलो पटक उपाधि चुमेको हो । बंगलादेशले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । नेपालले भने खेलको दोस्रो हाफमा एक गोल फर्काएका थियो ।
खेलको पहिलो हाफमै बंगलादेशले १–० गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडी मिराजुल इस्लामले फ्रिकिकमार्फत गोल गरेका थिए ।
पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको फाइदा उठाउँदै इस्लामले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा बंगलादेशले निर्धारित समयको ५४औँ मिनेटमा दोस्रो गोल गरेको थियो । बंगलादेशका लागि दोस्रो गोल पनि इस्लामले नै गरेका थिए ।
यसैगरी, बंगलादेशले निर्धारित समयको ६९औँ मिनेटमा तेस्रो गोल गरेको थियो । भ्रमणकारी टोली बंगलादेशका लागि तेस्रो गोल भने राबी हुसेन राहुलले गरेका थिए ।
घरेलु टोली नेपालले निर्धारित समयको ७९औँ मिनेटमा पहिलो गोल फर्काएको थियो । खेल एकपक्षीय रुपमा अगाडि बढिरहँदा नेपालका लागि समिर तामाङले गोल फर्काएका थिए ।
बंगलादेशले चौथो गोल दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा गरेको थियो । बंगलादेशी टोलीका लागि चौथो गोल भने पियास अहमद नोभाले गरेका थिए ।
नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । बंगलादेशले भने दोस्रो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई हराएको थियो ।
नेपाल र बंगलादेश एउटै समूहबाट सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उप–विजेता बनेका थिए । समूहगत चरणमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण