अमेरिका : मुना पाण्डेको हत्या आरोपीलाई धरौटीमा रिहा गर्न अस्वीकार

अमेरिका । २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोपमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न स्थानीय अदालतले अस्वीकार गरेको छ । यो मामिलामा ५१ वर्षका बबीसिंह शाहले पक्राउ परेका थिए ।
पाण्डेको हत्या आरोपमा अमेरिकाको टेक्सस राज्यस्थित ह्युष्टन प्रहरीले शाहलाई बुधबार राति ९ बजेतिर पक्राउ गरेको थियो । सिंहलाई पाण्डेको हत्या सम्बन्धमा दुई ओटा मुद्दा चलाइएको छ ।
उनीमाथि हत्या र गैर कानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दा दायर भएको छ । यी अभियोगमा दोषी भेटिएमा सिंहलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुन सक्नेछ ।
अदालतले केही सम्भाव्य कारण देखेर सिंहले माग गरेको जमानतको याचिका खारेज गरेको भन्दै एक स्थानीय अनलाइनले लेखेको छ । सिंहलाई अब मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराइनेछ ।
ह्युष्टनमा नर्सिङ पढिरहेकी पाण्डे सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन् । उनीमाथि कयौँ राउन्ड गोली प्रहार भएको थियो ।
डकैतीको क्रममा सिंहले पाण्डेलाई गोली हानेको सरकारी वकिलहरूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्थानीय पत्रपत्रिकाका अनुसार सिंह डकैती गर्ने उद्देश्यले पाण्डेको अपार्टमेन्टमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ