५ सय करोड क्लबमा सामेल भयो ‘स्त्री २’
मुम्बई । राजकुमार राव र श्रद्धा कपुर अभिनित बलिउड चलचित्र स्त्री २ बक्स अफिसमा ५ सय करोड क्लबमा सामेल भएको छ । रिलिज भएको तेस्रो हप्तामा चलचित्रले यो कोशेढुंगा पार गरेको हो ।
स्त्री २ को क्रेज अझै समाप्त भएको छैन । विश्लेषकहरुले चलचित्रले ६ सय करोड भारतीय रुपैयाँसम्म कमाउन सक्ने आङ्कलन गरेका छन् ।
यो चलचित्र गत अगस्त १५ मा रिलिज भएको थियो । आइतबार २२.१० करोड भारतीय रुपैयाँ कमाउँदै चलचित्रले कूल ५०२.३५ करोड भारु कमाइसकेको छ ।
५ सय करोड क्लबमा सामेल हुने स्त्री २ छैटौँ चलचित्र बनेको छ । यसअघि पठान, जवान, गदर २, एनिमल र बाहुबलीले ५ सय करोडभन्दा बढीको कमाई गरेको थियो ।
चलचित्रले पहिलो हप्तामा ३०७.८० करोड भारु कमाएको थियो । दोस्रो हप्ता १४५.८० करोड कमाएको चलचित्रले तेस्रो हप्ता ४८.७५ करोड कमायो ।
कमर कौसिकद्वारा निर्देशन गरिएको चलचित्रले दुईवटा चलचित्रसँग भिडे पनि उसको कमाइमा खासै असर परेको देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण