नीतिगत सुधार र स्थायित्वका लागि मुख्यसचिवलाई एफएनसीसीआईको ध्यानाकर्षण
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई नीतिगत सुधार र स्थायित्वका लागि ध्यानाकर्षण गराएको छ ।
सोमबार सिंहदरबारमा भेटवार्ता गर्दै एफएनसीसीआईको टोलीले अर्थतन्त्रमा केही सुधार देखिए पनि तीव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । ‘महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,’ उनले भने ।
सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ सुशासनको प्रत्याभूति दिलाउन पनि आवश्यक रहेको ढकालले बताए ।
निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुन बन्ने क्रममा रहेको भन्दै अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराए । उनले भने, ‘यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गर्दछु ।’
भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्त्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिवद्धता जनाए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटोछिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए।
उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण