तिज म्युजिक अवार्डमा गायिका कुन्ति मोक्तान सम्मानित
-(1)_ilOdLZtnpb.jpg)
काठमाडौँ । तेस्रो म्युजिक खबर तिज म्युजिक अवार्ड २०८१ मा गायिका सुनिताबुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्दा गायक सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट गायकको अवार्ड प्राप्त गरिन् ।
अवार्डमा ‘सीताका माइती बुद्धका देश’ र ‘काली पसमकी’ गीतले ह्याट्रिक गर्न सफल भए । ‘सीताका माइती बुद्धका देश’ गीतबाट सूर्य खड्का उत्कृष्ट गायक, विजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल उत्कृष्ट छायाँकार घोषित भए । त्यस्तै ‘काली पसमकी’ गीतबाट प्रेम सापकोटा सोनु उत्कृष्ट गीतकार मौलिक तीज गीत, नवीन घर्ती मगर उत्कृष्ट भिडियो सम्पादक र स्मारिका ढकालले पपुलर म्युजिक भिडियो मोडल अवार्ड चुम्न सफल भए ।
आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको कृषि विकास बैंक तेस्रो म्युजिक खबर तिज म्युजिक अवार्डमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री पद्मा कुमारी अर्याल अतिथिको रूपमा सहभागी थिइन् ।
अवार्ड कार्यक्रममा आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई सम्मान अर्पण गरिएको थियो ।
सोही कार्यक्रममा सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय सौन्दर्यकला सम्मान अर्पण गरिएको थियो भने गीतकार गायिका थापालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय«य स्रष्टा सम्मान प्रदान गरिएको थियो । गायिकाद्वय कालिका रोका र तृप्ति खड्कालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय«य गायन सम्मान प्रदान गरिएको थियो भने मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय«य कला सम्मान प्रदान गरिएको थियो । पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिएको अवार्डका अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।
कार्यक्रममा सौन्दर्यकर्मी उन्नति शर्मालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय«य सौन्दर्यकला सम्मान प्रदान गरिएको थियो भने समाजसेवी उर्मिला पौडेल आचार्यलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय«य सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।
कृषि विकास बैंक तेस्रो म्युजिक खबर तीज म्युजिक अवार्डमा संगीतकार वीपी वाग्ले, गायिका शोभा पाण्डे र गीतकार डा.शिव सुवेदी निर्णायकको भूमिकामा थिए । सोही अवसरमा म्युजिक खबर फाउन्डेसनको टिमको घोषणा गरिएको थियो । सबिता पोखरेलको अध्यक्षतामा स्थापना भएको म्युजिक खबर फाउन्डेसनमा साहित्यकार राधेश्याम लेकाली, गीतकार लोकराज अधिकारी, संगीतकार सरोज कोइराला, गायिका मन्जु पौडेल, संगीतकर्मी बादल थकाली, निर्देशक प्रकाश भट्ट, गीतकार सुमन पण्डित रहेका छन् भने कानुनी सल्लाहकार राम भट्टराई रहेका छन् ।
अवार्ड कार्यक्रमको अवसर पारेर ‘म्युजिक खबर फाउन्डसन’को आजीवन सदस्यता समेत प्रदान गरिएको थियो । गायिका सन्जु न्यौपाने, गायक हरिराम परियार, संगीतकार दिपक शर्मा, गायिका तथा मोडल रितु तामाङलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
अवार्डमा कृष्ण लामिछाने, कृष्ण केसी, नवप्रतिभा मोडल दिव्यानी वली, विशाल क्षेत्री, भानुभक्त ढकाल लगायत थुप्रैले समेत अवार्ड थापे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने