आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, २४ जेठ २०८३, ०२ : ३९
आइतबार, २४ जेठ २०८३

सारांश

  • मेष राशिलाई साताको सुरु र अन्तमा शेयर बजार र व्यापारबाट फाइदा हुनेछ, आम्दानीका स्रोत बढ्नेछन् र कलाकारितामा प्रशस्त पैसा कमाउने योग छ ।
  • वृष राशिलाई पैतृक धन र सञ्चित धनको प्रयोगले आम्दानी बढ्नेछ, प्रेममा उमङ्ग छाउनेछ र पढाइमा सफलता मिल्नेछ ।
  • मिथुन राशिलाई सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ, व्यापार वा शेयर बजारमा लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ र सम्मान पाइनेछ ।

जेठ २४ गते आइतबारदेखि जेठ ३० गते शनिबारसम्मको साप्ताहिक राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मङ्गलवार र बुधबारको समय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । बिहीबारबाट समय मध्यम रहेकोले समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ ।
  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको समय राम्रो रहेकोले सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन  सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सोमबारसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।  मंगलबारबाट सरकारी तथा पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत रोेजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । व्यापार तथा वित्तीय क्षेत्रबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले औद्योगिक क्षेत्र, शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ  । मङ्गलवार र  बुधबार व्यक्तिगत स्वार्थ तथा वैराग्य भाव त्यागेर अगाडि बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । आलस्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरे पनि न्यून उपलब्धि हासिल हुनेछ ।
  • कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नोकरीमा समय खर्चिनेहरूका लागी समय राम्रो रहेको छ भने कार्यक्षेत्रमा राम्रो काम गर्न सकिने हुँदा तपाईँलाई विश्वास गरी थप कार्यभार सुम्पनेछन् । व्यापार व्यवसाय वा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । इमानदारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । बिहीबारबाट कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको समय राम्रो रहेकोले धन, सम्पत्ति, चिट्ठा तथा उपहार आकस्मिक प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, शेयर बजार, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सोमबारसम्मको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । मंगलबारबाट बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ । छोटो दुरीको अफिसियल यात्राको योग रहेको छ । प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ  । नयाँ काम पाउने वा नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । ऋण, रोग र शत्रुबाट छुटकारा पाइनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानी फस्टाएर जानेछ । मङ्गलवार र बुधबारको समय मध्यम रहेकोले  घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापार तथा शेयर बजारको खरिद बिक्रीमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न  सकिनेछ  । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको योग रहेको छ । बिहीबारबाट आमा तथा आफन्तसँग साना साना कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको समय राम्रो रहेकोले व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोमबार साँझसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरू प्रभावित हुनेछन् । सवारी साधनको प्रयोग गर्दा वा बाटो हिँड्दा ध्यान नदिए दुर्घटना नहोला भन्न सकिन्न । सोमबार साँझबाट भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार वा शेयर बजारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप