ओटीटी प्लेटफर्ममा रिलिज हुँदै स्त्री २
मुम्बई । बलिउड चलचित्र स्त्री २ ठुलो स्क्रिनपछि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । श्रद्धा कपूर र राजकुमार राव स्टारर हरर कमेडी चलचित्र ‘स्त्री २’ सन् २०१८ को सुपरहिट फिल्म स्त्रीको सिक्वेल हो।
६ वर्षपछि अमर कौशिक निर्देशित र दिनेश विजनको निर्माणमा बनेको फिल्मको सिक्वेलले बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मले हालसम्म घरेलु बक्स अफिसमा ५ सय करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ ।
रिपोर्टका अनुसार, स्त्री २ सेप्टेम्बर २७ मा ओटीटी प्लेटफर्म एमाजन प्राइम भिडियोमा स्ट्रिम गर्न गइरहेको छ। तर, यो कुरा निर्माताहरुले भने पुष्टि गरेका छैनन् । अहिले पनि चलचित्र हलमा छ र राम्रो व्यापार गरिरहेको छ ।
फिल्ममा श्रद्धा कपूर र राजकुमार रावसँगै पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुरानाको मुख्य भूमिका रहेको छ । चलचित्रमा अक्षय कुमारले आफ्नो क्यामियोले सबैलाई चकित बनाएका छन् । यसबाहेक फिल्ममा वरुण धवनको पनि क्यामियो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण