शासन व्यवस्थामा भ्रष्टहरूको हालीमुहाली भयो, आन्दोलनको विकल्प छैन : साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले अहिले दलीय व्यवस्था भएपनि भ्रष्टहरूको हालीमुहाली रहेको टिप्पणी गरेका छन् ।
काठमाडौँमा शनिबार आयोजित आजपाको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले शासन व्यवस्थामा केही सीमित दलाल र भ्रष्टहरूको हालीमुहाली रहेको टिप्पणी गरेका हुन् ।
`अहिले केही दल, त्यसमा पनि केही नेता, नेतामा पनि गुटका मठाधिशहरुले देशमा लुट मच्चाएका छन् । देशमा लुटेर विदेशमा पैसा लुकाउनेहरूको शासन व्यवस्थामा हालीमुहाली छ´ साहले भने, `देशमा दुई दलीय व्यवस्था होस् वा दश दलीय व्यवस्था, तर शासन व्यवस्थामा जनताको शासन हुनुपर्छ । भ्रष्टहरूको हालीमुहालीविरुद्ध आन्दोलनको विकल्प नभएको उनको भनाइ थियो ।
यसैगरी उनले नेपाली नागरिकता परित्याग गरी विदेशमा गएका गैरनेपाली नागरिकले नेपालबाट सम्पत्ति बेचेर लाने काम रोक्नुपर्ने पनि बताए । गैरनेपाली नागरिकको नेपालमा रहेका सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउनुपर्ने उनको जिकिर थियो ।
दलतन्त्रको विरुद्धमा र शासन सत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोषण गर्नुपरेको भन्दै आजपा अध्यक्ष साहले पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरू योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।
मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरूको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको विकल्प नभएको आजपाले निर्णय गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण