‘रावायण’को दुई दिनको व्यवसाय कस्तो ?

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’ले सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार देशभर दर्शकको साथ पाएको फिल्मका वितरक रोहित कट्टेलले बताए । ‘शुक्रबार भन्दा शनिबार फिल्ममा झन् बढी दर्शक रहेको रोहितको भनाई छ ।
तिजको अवसर पारेर प्रदर्शनमा आएको फिल्मको दर्शक प्रतिक्रिया बुझ्न शनिबार दिनभर अभिनेता पल शाह, प्रकाश शाह, अभिनेत्री पूजा शर्मा लगायत निर्माण युनिट उपत्यकाको वीग मुभिज, सिभिल मल, एफक्यूब हल, अष्टनारायण र भक्तपुरको राधेराधेमा रहेको हलमा पुगेका थिए । सो क्रममा फिल्म प्रति दर्शकको प्रतिक्रिया राम्रो पाएको अभिनेत्री पूजाले बताइन् ।
सो क्रममा दर्शकले कलाकारसँग तस्बिर खिचाउनुको अलवा अटोग्राफ समेत लिएका थिए ।
सुदर्शन थापा निर्देशित फिल्म पूजा शर्माको निर्माणमा तयार भएको हो । फिल्मले प्रेमका लागि हुने युद्धको कथा भन्छ । फिल्ममा पल, पूजा, प्रकाशको अलवा प्रमोद अग्रहरी, प्रियङ्का कार्की लगायतका कलाकारहरूको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?