अपडेट
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
आइतबार, २४ जेठ २०८३, ०८ : ४९
सारांश
- एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ९४ रनमा अलआउट गरेको छ।
- टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु १९।४ ओभरमा समेटियो।
- नेपालका लागि सोमपाल कामीले २ विकेट र शाहब आलमले १ विकेट लिए।
सिंगापुर । सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई सस्तैमा समेट्न सफल भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन र १९.४ ओभरमा मात्र ९४ रन जोड्दै अलआउट भयो।
नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पर्दा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको नाममा एक–एक विकेट रह्यो ।
ओमानका ब्याट्सम्यानहरूले नेपाली बलरहरू विरुद्ध खुलेर खेल्न सकेनन्। इनिङ्सको अन्त्यतिर वासिम अल बलुसी १ रनमा आउट भएसँगै ओमानको पारी समाप्त भएको थियो। ओमानको रन रेट ४.७७ मात्र रह्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण