‘क्यूँकी सास भी कभी बहू थी’ का अभिनेता विकास सेठीको निधन
मङ्गलबार, २५ भदौ २०८१, ११ : ५५
मुम्बई । भारतको सानो पर्दादेखि लिएर ठुलो पर्दामा समेत आफ्नो अभिनयको छाप छोड्न सफल अभिनेता विकास सेठीको निधन भएको छ । ८ सेप्टेम्बरमा ४८ वर्षको उमेरमा उनको निधन भएको हो ।
यसअघि सेठीकी पत्नी जाह्नवी सेठीले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएकी थिइन् । सोमबार मुम्बईको जोगेश्वरी पश्चिममा अभिनेताको अन्तिम संस्कार गरिएको थियो । अन्तिम बिदाइका लागि थुप्रै कलाकारहरु पुगेका थिए ।
सेठीले आफ्नो करियरको सुरुवात टिभी सिरियलबाट गरेका थिए । उनले एकता कपुरसँग कहीँ तो होगा, के स्ट्रीट पाली हिल र कसौटी जिन्दगी की जस्ता हिट शोमा काम गरे । तर, उनलाई क्यूँकी सास भी कभी बहू थीबाट पहिचान मिल्यो ।

उनले कभी सुखी कभी गममा पनि काम गरेका थिए । उनले करीना कपूरको साथी रकीको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण