कांग्रेसलाई रविको प्रश्न– सहकारीको पैसा पचाउन नक्कली डिभोर्स ?
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेस नेता धनराज गुरुङले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरेको आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापाले संसदमा लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग भएको बताएपछि त्यसको विरुद्धमा लामिछानेले उनीहरू नक्कली अनुहार भएको टिप्पणी गरेका हुन् ।
‘कति सजिलै सदनमा उभिएर प्रमाण छ भन्नुभएको छ । प्रमाण के हो भन्ने देखियो । नक्कली भुटानी पनि तपाईँ नै हो । नक्कली डिभोर्स गरेर सहकारी ठग्ने पनि तपाईँ नै हो । यी नक्कली मान्छेहरू हुन्,’ उनले भने, ‘सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गर्ने, नक्कली नागरिक बनाएर विदेशमा बेच्ने नक्कली मान्छेहरू हुन् । राजनीतिका नक्कली अनुहारहरू हुन् । तिनको मुकुण्डो हामी उतार्छौँ ।’
लामिछानेले आफूलाई अनुसन्धानका लागि कुनै समिति आवश्यक नपर्ने बताए । ‘मलाई अनुसन्धान गर्न कुनै समिति चाहिँदैन । मैले आजसम्म कुनै प्रमाण भेटाएको छैन । राजनीति छोड्छु प्रमाण दिनुहोस् भनेकै छु,’ गगन लक्षित गर्दै उनले भने, ‘तपाईँले राजनीति छोड्नुपर्दैन । राजनीतिबाट गलहत्त्याउने काम हामी चुनावबाट गर्छौं ।’
नेपालको राजनीतिमा ठगेका मान्छे बच्ने र संलग्नतै नभएको मान्छे फस्ने अवस्था रहेको उनको तर्क छ ।
पोखरामा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले गत निर्वाचनबाट ‘व्यालेट’ युद्धको निम्ता दिएको भन्दै २०८४ मा युद्ध लड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण