शीर्ष नेता बैठक
संवैधानिक परिषद्को जटिलता फुकाउन परामर्श
बिहीबार, २७ भदौ २०८१, ११ : ५२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को जटिलता फुकाउन प्रमुख सत्ता साझेदार र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
बिहीबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकका लागि परामर्शका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।
साथै तीन शीर्ष नेताको भेटवार्तामा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले बुधवार बोलाएको संवैधानिक परिषद्को बैठक अन्तिम समयमा स्थगित भएको थियो ।
उपसभामुख विवाद र प्रचण्ड समेत उपत्यकाबाहिर भएकाले परिषद् बैठक स्थगित भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण