अख्तियारले पहिलो पटक सम्पत्ति शुद्धीकरणमा दाबी गर्दै दायर गर्यो मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक सम्पत्ति शुद्धीकरण अभियोग समेत दाबी गरेर मुद्दा दायर गरेको छ। अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबी लिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको छ । यो मुद्दा जिल्लामा दर्ता हुने कानुनी व्यवस्था छ । यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो । पहिलोपल्ट अख्तियारले नै यो मुद्दा दायर गरेको हो ।
सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारको दाबी पनि अभियोगपत्रमा गरिएको छ । भट्टराईविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा हो ।
लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले यसअघि पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेषले दोषी ठहर गरेको छ । पहिलो मुद्दामा विशेषले भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइको थियो । भट्टराईविरुद्ध बिहीबार १ करोड ८५ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण