कोशी प्रदेश : विषयगत समितिका सभापति निर्विरोध निर्वाचित
शुक्रबार, २८ भदौ २०८१, १९ : ४६
विराटनगर । कोशी प्रदेश सभाका संसदीय समिति सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।
७ वटा समितिका सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको थियो । सबै समितिमा एक–एक जनाले उम्मेदवारी दर्ता गराएका कारण शुक्रबार उनीहरूलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।
जसमा अर्थ समिति सभापतिमा विनोद राई, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, सार्वजनिक लेखा समितिमा राजन किराँती, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव, प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापा, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाई र न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल निर्वाचित भएका हुन् ।
निर्वाचित सभापतिहरूको पद तथा गोपनीयताको शपथ पनि शुक्रबार नै सकिएको छ । प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको २१ महिनापछि समितिले सभापति पाएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण