शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एनपीएल : कुन टोलीले कसलाई पायो मार्की खेलाडी ?

शनिबार, २९ भदौ २०८१, १४ : २७
शनिबार, २९ भदौ २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) मार्की खेलाडीको शनिबार लक्की ड्र आयोजना गरिएको छ ।

शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गर्दै सार्वजनिक गरेको थियो । 

लक्डी ड्रबाट पोखराको मार्की खेलाडीमा कुशल भुर्तेल, काठमाडौँको करण केसी , जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, चितवनको कुशल मल्ल, सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी, विराटनगरको सन्दीप लामिछाने र कर्णालीको सोमपाल कामी बनेका छन् ।

459462007_837524278505085_8177439870974324164_n

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले मार्की खेलाडी हरेकको २० लाख रुपैयाँ तोकिएको जानकारी दिए।

एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप