असोज ३ गते प्रभु साहको पार्टी ‘आजपा’ले देशभरी संविधानको अन्त्येष्टि यात्रा निकाल्ने
काठमाडौँ । आम जनता पार्टीले असोज ३ गते संविधानप्रति असन्तुष्टि व्यक्त गर्न संविधानको अन्त्येष्टि यात्रा निकाल्ने भएको छ । आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधानले नेपाली जनताको आवश्यकता चाहना पूरा नगर्ने भएकोले खारेजी गर्नुपर्ने बताएका छन् ।
गौशालामा भएको आइटी आर्मीको काठमाडौँ उपत्यकास्तरीय विशेष भेलालाई सम्बोधन गर्दै अहिलेको संविधानको काम नभएकाले खारेज गर्नुपर्ने बताएका हुन् । अहिलेको संविधानले नेपाली जनताको आवश्यकता र चाहना पुरा गर्न नसक्ने बताउँदै उनले यो ‘ककटेल’ संविधान खारेज गर्नुपर्ने बताए ।
उनले भने– ‘अहिलेको संविधान ककटेल संविधान हो । यो संविधानले नेपाली जनताको आवश्यकता, चाहना पुरा गर्न सक्दैन । राजनीतिक स्थायित्व, मुलुकलाई समृद्ध बनाउन सक्दैन । एउटा गाडीमा होन्डाको टायर, हिरोको ब्रेक, यामाहाको इन्जिन, एफजेडको ट्याङ्की, पल्सरको हन्डिल लगाएपछि कस्तो हुन्छ ? यो संविधान पनि त्यस्तै छ । यसमा समाजवाद पनि छ, पुँजीवाद पनि छ तर कामै नलाग्ने, मुलुक र जनतालाई केही दिनै सक्दैन । त्यसैले यसको खारेजको विकल्प छैन ।’
यस्तै अध्यक्ष साहले प्रधानमन्त्री केपी ओलीले मनोमानी गर्नका लागि उपसभामुखलाई हटाउने खेल आफूलाई स्वीकार्य नभएको उनले बताएका छन् ।
उनले भने– ‘महिनौँ पहिलाको घटनालाई जोडेर उपसभामुखलाई अहिले आएर हटाउन खोज्नु हामीलाई स्वीकार्य छैन । जब संवैधानिक परिषदमा बहुमत नपुगेपछि सरकारले पुरानो मुद्दा कोट्याउँदै उपसभामुखलाई हटाउने र मनोमानी गर्ने खेलमा लागेको छ, यो हामीले कदापि स्वीकार्य गर्दैनौँ’ ।
उनले सातै प्रदेशमा आजपाले संविधान दिवसका दिन संविधानको अन्त्येष्टि यात्रा निकाल्ने बताउँदै काठमाडौँ उपत्यकामा पनि भव्यरुपमा कार्यान्वयन गर्न आइटी आर्मीका सदस्यहरूलाई निर्देशन दिए ।
उनले भने– ‘यो संविधान बिग्रेको रेडियो जस्तै छ । राम्रो आवाज पनि आउँदै, घ्यारघ्यार गरिरहन्छ । त्यसैले यसलाई खारेज गर्नुको विकल्प छैन । संविधानको अन्त्येष्टि यात्रा भव्यरुपले गर्ने गरी तयारीमा तपाईँहरू लाग्नुस् ।’
काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा आजपाले संविधानको अन्त्येष्टि यात्रा निकाल्ने तयारी गर्नुअघि आइटी आर्मीको काठमाडौँमा भेला गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण