जनताको नैराश्य रोक्न दुई ठुला दल मिलेर सरकार बनाइयो : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा भएको नैराश्य रोक्न दुई ठुला दल मिलेर सरकार बनाएको बताएका छन् । धनगढी उपमहानगरपालिको १०औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘८/९ महिनामा सरकार परिवर्तन हुँदा कामले गति लिन सकेन । सरकार नै टिक्दैन, के काम हुन्छ भनेर जनतामा नैराश्य थियो । त्यसलाई रोक्न यो सरकार बनेको हो ।’
उपप्रधानमन्त्री सिंहले स्थिर सरकार नहुँदा जनअपेक्षा अनुसार काम हुन नसकेको बताए । अर्थतन्त्रमा आएको मन्द गतिलाई लयमा फर्काउन सरकार लागिरहेको उनले दाबी गरे । उनले संविधान जारी भइसकेपछि कार्यान्वयनमा आएका अप्ठ्यारालाई सहज गर्न आवश्यक ठाउँमा संशोधन गर्न कांग्रेस र एमालेबिच सहमति भएको बताए ।
उपप्रधानमन्त्री सिंहले सबै राजनीतिक दल मिलेर संविधान निर्माण गरेको बताउँदै संविधानमा भएका जनताका अधिकार खोसिन लागेको भन्ने कुरा गलत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण