३ अर्ब लगानीमा नोवेलले गर्यो क्यान्सर सेवा विस्तार, रेडियोथेरापीको उपकरण भेरियन कम्पनीको 'एज' नेपालमै पहिलो
विराटनगर । नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो ।
तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बंकरसहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएको अस्पतालमा अब दैनिक बहिरङ्ग अर्थात ओपीडी सेवा, डे केयर, भर्ना गरी उपचार गरिने अन्तरङ्ग सेवा, केमोथेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु उपलव्ध हुने छन् ।
भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापीको अत्याधुनिक उपकरण, ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गो सीम आरटीसीटी मेशिन लगायत अत्याधुनिक उपकरणहरुबाट रेडिएसन थेरापी सुरु भए पछि नोवेलले क्यान्सर सम्बन्धी सम्पूर्ण सेवाहरु उपलव्ध गराउन सक्षम भएको हो ।
रेडिएसन थेरापीको लागि जडान भएको एज नामक उपकरण नेपालमै पहिलो पटक जडान भएको नोवेलका अन्कोलोजिष्ट डा प्रदिप भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त उपकरणमा रहेको सिक्स डी कोच, हाइपर आर्क, एचडीएमआईसी अत्याधुनिक प्रविधि हो । यसमा रहेको एसआरएस एसबीआरटीले शरीरभित्रको क्यान्सर शल्यक्रियाविना नै निर्मुल गर्ने गर्दछ ।
त्यस्तै, आईजीआरटी आईएमआरटी भीएमएटीले शरीरभित्रको सामान्य र स्वस्थ सेललाई हानी नगरी क्यान्सर सेललाई सेक्ने गर्दछ । यसले रेडिएसन थेरापीलाई थप प्रभावकारी र सटिक बनाउने उनले बताए । यससँगै ब्राकीथेरापी समेत जडान भएको छ ।
मंगलबार विश्वकर्मा पूजाको सन्दर्भमा संस्थाका अध्यक्ष लोकनाथ न्यौपानेले क्यान्सर भवनको उद्घाटन गरे ।
क्यान्सर उपचारलाई सहज बनाउन नोवेलले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगको उपचार सेवा पनि प्रदान गर्न सुचीकृत भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
-
आजको विदेशी मुद्रा विनिमय दर : कुनको मूल्य कति ?
-
शिक्षकले हजार उठबस गराएपछि जीवनभर अशक्त भए किशोर
-
एकै दिनमा लगभग एक हजार आप्रवासी च्यानल पार गरेर बेलायत प्रवेश
-
भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु
-
कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक