सात विपन्न परिवारलाई घर
सारांश
- अर्जुनधारा नगरपालिकाले सात विपन्न परिवारलाई घर प्रदान गर्यो।
- नगरपालिका र सामुदायिक वनको संयुक्त लगानीमा घर निर्माण भएको हो।
- जनसहभागिता र श्रमदानले पनि सहयोग पुर्याएको छ।
झापा । जिल्लाको अर्जुनधारा नगरपालिका–१ का विपन्न तथा आवासविहीन सात परिवारलाई बुधबार घर प्रदान गरिएको छ । गरिबी निवारण कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका र यहाँस्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गरिएको हो ।
बुधबार यहाँ आयोजित एक कार्यक्रममा घर हस्तान्तरण गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले विपन्न तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले योजना कार्यान्वयनमा ल्याइएको बताए । “विपन्न नगरवासीलाई आवासको हक प्रत्याभूति गराउने उद्देश्यले घर निर्माण गरेर हस्तान्तर गरेका हौँ”, उनले भने ।
हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर राईले निर्धारित समयभित्र मापदण्ड अनुसारको घर निर्माण गरी लक्षित परिवारलाई हस्तान्तरण गरिएको बताए । गरिबी निवारण गर्ने उद्देश्यले वन समूहले नगरपालिकासँग सहकार्य गरेको उल्लेख गर्दै उनले आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
हचुमासा सामुदायिक वन उपभोक्ता समूहबाट रु १० लाख, अर्जुनधारा नगरपालिकाबाट रु १० लाख, जनसहभागिताबाट रु एक लाख तथा श्रमदानबापत रु दुई हजार ८५३ को लगानीमा घर निर्माण गरिएको छ । घरमा बरन्डासहित दुई वटा कोठा र भान्सा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण