बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन

बुधबार, १० असार २०८३, २१ : ५६
बुधबार, १० असार २०८३

सारांश

  • दैलेखका १० स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २८ लाखभन्दा बढी बजेट सार्वजनिक गरेका छन् ।
  • आठबीस नगरपालिका बाहेक सबै स्थानीय तहले बजेट ल्याएका हुन् ।
  • दुल्लु नगरपालिकाले १ अर्ब ५ करोड ७० लाखको बजेटसहित सबैभन्दा बढी बजेट ल्याएको छ ।

दैलेख । ११ वटा स्थानीय तह रहेको दैलेखका १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । आठबीस नगरपालिका बाहेक सबै स्थानीय तहले बजेट ल्याएका हुन् । १० स्थानीय तहले आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि ६ अर्ब २८ लाख बढी बजेट ल्याएका छन् ।

जसमध्ये सबैभन्दा धेरै दुल्लु नगरपालिकाले १ अर्ब ५ करोड ७० लाख ४९ हजारको बजेट ल्याएको छ ।

यस्तै,महावु गाउँपालिका ६१ करोड २० लाख ९३ हजार, नारायण नगरपालिकाले ६४ करोड १८ लाख ६२ हजार, गुराँस गाउँपालिकाले ७० करोड ३२ लाख ३३ हजार, ठाटीकाँध गाउँपालिकाले ४७ करोड २३ लाख २९ हजार, भैरवी गाउँपालिकाले ४७ करोड २९ लाख ९० हजार, चामुण्डाबिन्द्रासैनी नगरपालिका ५० करोड ७५ लाख ७ हजार, भगवतीमाई गाउँपालिका ५१ करोड ३१ लाख ८६ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।

यस्तै, डुङ्गेश्वर गाउँपालिकाले ४६ करोड ६ लाख ८७ हजार र नौमुले गाउँपालिका ५६ करोड १८ लाख ९८ हजारको वार्षिक बजेट सार्वजनिक गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप