श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
बुधबार, १० असार २०८३, २१ : ५०
काठमाडौँ । रौतहटमा आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवले आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार (बञ्चरो) प्रयोग गरी हत्या गरेका थिए।
प्रहरीका अनुसार घटना गत फागुन ३ गते आफ्नै घरको सुत्ने कोठामा भएको थियो। हत्या पछि फरार रहेका यादवलाई निरन्तर खोजतलास तथा प्राविधिक विश्लेषणका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले फतुवा विजयपुर नगरपालिका–८ विजयपुरबाट पक्राउ गरेको हो।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण