बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सल्यानका ८ स्थानीय तहले ल्याए बजेट

बुधबार, १० असार २०८३, २१ : ५९
बुधबार, १० असार २०८३

सुर्खेत । सल्यान जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म ८ वटाले आगामी आर्थिक वर्षका लागि आफ्नो बजेट सार्वजनिक गरेका छन् ।

बुधबार बेलुकासम्म ८ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका हुन् । कपुरकोट र कालीमाटी गाउँपालिकाको बजेट आउन बाँकी छ । कालीमाटीका अध्यक्ष सडक दुर्घटनामा परेकाले बुधबार बजेट कार्यक्रम प्रभावित बनेको हो ।

यी हुन् बजेट ल्याएका स्थानीय तह

१) शारदा नगरपालिका: १ अर्ब ३६ करोड १ लाख २६ हजार ५ सय १३ रुपैयाँ

२) बनगाड कुपिण्डे नगरपालिका: ८० करोड ४६ लाख रुपैयाँ

३) बागचौर नगरपालिका: ७७ करोड २३ लाख ७५ हजार ३ सय ३० रुपैयाँ

४) त्रिवेणी गाउँपालिका: ५९ करोड २१ लाख ९५ हजार ६ सय ६५ रुपैयाँ

५) कुमाख गाउँपालिका: ५३ करोड ९७ लाख ५५ हजार ४५ रुपैयाँ

६) छत्रेश्वरी गाउँपालिका: ५३ करोड ७६ लाख ७९ हजार २३ रुपैयाँ

७) दार्मा गाउँपालिका: ४२ करोड १७ लाख ६४ हजार २ सय १२ रुपैयाँ

८) सिद्धकुमाख गाउँपालिका: ३९ करोड २९ लाख ६८ हजार रुपैयाँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप