कर्णालीका ३३ पालिकाले ल्याए बजेट
सारांश
- कर्णालीका ७९ पालिकामध्ये ३३ वटाले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन्।
- विभिन्न जिल्लाका अधिकांश गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन्।
- केही पालिकाले बजेट ल्याए पनि मन्त्रालयमा जानकारी गराएका छैनन्।
सुर्खेत । कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये ३३ पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारीअनुसार ७९ पालिकामध्ये हालसम्म ३३ वटाले मात्र संवैधानिक व्यवस्थाअनुसार आज (बुधबार) बजेट ल्याएका हुन् ।
मुगुका छायाँनाथ रारा, मुगुमकार्मारोँग र खत्याड गाउँपालिकाले बजेट ल्याएका छन् । हुम्लाका खार्पुनाथ, सिमकोट गाउँपालिका, जुम्लाका हिमा, सिञ्जा, कालिकोटका तिलागुफा, रास्कोट, नरहरिनाथ, पचालझरना र पलाता गाउँपालिकाले बजेट ल्याएका छन् ।
रुकुम पश्चिमका आठबीसकोट र मुसिकोट, सल्ल्यानका कुमाख र सिद्धकुमाख, सुर्खेतका गुर्भाकोट, पञ्चपुरी, भेरीगङ्गा, वीरेन्द्रनगर, चौकुने र बराहतालले बजेट ल्याएका छन् । जाजरकोटको कुशे, शिवालयले मात्र बजेट ल्याएका भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । दैलेखको दुल्लु, नारायण, गुराँस, डङ्गेश्वर, महाबु गाउँपालिकालगायत स्थानीय तहले बजेट ल्याएका छन् ।
कतिपय पालिकाले बजेट ल्याए पनि मन्त्रालयको ‘वेबसाइट’मा जानकारी नगराएको मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण