बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?

बिहीबार, ११ असार २०८३, ०८ : ५२
बिहीबार, ११ असार २०८३

सारांश

  • काभ्रेका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र बजेट प्रस्तुत गरेका छन् ।
  • पनौती नगरपालिकाले १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै काभ्रेका स्थानीय तहमध्ये सबैभन्दा ठूलो बजेट ल्याएको छ ।
  • मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दा गत वर्षको तुलनामा २० करोड ९० लाख रुपैयाँ वृद्धि गरेको छ ।

मकवानपुर । काभ्रेका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुरूप काभ्रेका १३ वटै स्थानीय तहले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । 

नमोबुद्ध नगरपालिका, महाभारत र चौरीदेउराली गाउँपालिकाले १० गते अगावै पेस गरिसकेका थिए भने अन्य १० स्थानीय तहले बुधबार बजेट ल्याएका हुन् । काभ्रेका स्थानीय तह मध्ये सबैभन्दा ठुलो आकारको बजेट पनौती नगरपालिकाले ल्याएको छ ।

पनौतीले आगामी वर्षको १ अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने मण्डनदेउपुर नगरपालिकाले १ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । मण्डनदेउपुरले गत वर्ष भन्दा २० करोड ९० लाख रुपैयाँ बजेट वृद्धि गरेको छ ।

पाँचखाल नगरपालिकाले ९६ करोड ६१ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नमोबुद्ध नगरपालिकाले ९१ करोड ३६ लाख ८३ हजार ९ सय १८ रुपैयाँ, धुलिखेल नगरपालिकाले २३ करोड २६ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ । 

रोशी गाउँपालिकाले ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँ, महाभारत गाउँपालिकाले ६६ करोड ८९ लाख रुपैंया, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

6307

बनेपा नगरपालिकाले १ अर्ब २१ करोड ३ लाख ४६ हजार ३ सय ८५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चौरीदेउराली गाउ“पालिकाले आर्थिक वर्षको लागि ५६ करोड ७३ लाख ८२ हजार १८० रुपैयाँ सार्वजनिक गरेको छ ।

त्यस्तै खानीखोला गाउँपालिकाको गत वर्षको बजेट ५२ करोड २३ लाख रुपैयाँबाट घटेर ५० करोड ५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । भुम्लु गाउँपालिकाले गत वर्षको बजेट भन्दा यो वर्ष कम बजेट प्रस्तुत गर्दै ६१ करोड २९ लाख १६ हजार ५९८ रुपैयाँकाे सार्वजनिक गरेको छ । बेथानचोक गाउँपालिकाले अघिल्लो वर्ष ६४ करोड ७३ लाख ५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकोमा यस आर्थिक वर्षको लागि ६४ करोड ३५ लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप