वीरगन्जबाट आजपाका नेताहरू पक्राउ
बिहीबार, ०३ असोज २०८१, १४ : ४१
काठमाडौँ । आम जनता पार्टी (आजपा) ले संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेपछि वीरगन्जबाट सो पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । आजपाले वर्तमान संविधान खारेजीको माग गर्दै बिहीबार वीरगन्जमा अन्त्येष्टि यात्रा निकालेको थियो ।
सोही क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, आजपा नेताहरू श्रीभगवान पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह , राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायतका नेताहरूलाई पक्राउ गरेको सो पार्टीले जनाएको छ ।
आजपा केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका प्रवक्ता डा.हेमप्रसाद साहले प्रहरीको धरपकड एवम् हस्तक्षेपको भर्त्सना गर्दै पक्राउ परेका नेताहरूलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण