वर्षेनी १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिन्छन्
काठमाडौँ । विश्वमा प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको एक कार्यक्रममा विश्वमा करिब बर्सेनि १ करोड नयाँ डिमेन्सियाका बिरामी थपिने गरेको हो ।
यो सङ्ख्या सन् २०५० साल सम्म दोब्बर हुने अनुमान गरिएको छ । नेपालमा वृद्ध जनसङ्ख्याको वृद्धिसँगै डिमेन्सिया रोग, विशेष गरी अल्जाइमर महत्त्वपूर्ण चुनौती रूपमा रहेको छ । मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, नेपालका ६० वर्षभन्दा माथिका करिब ७ प्रतिशत कुनै नकुनै प्रकारको डिमेन्सियाबाट प्रभावित छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर ५ करोड ५० लाख मानिस डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । ‘अबको आवश्यकता: अल्जाइमर तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने नाराका साथ ३१ औँ विश्व अल्जाइमर तथा डिमेन्सिया दिवस शनिवार मनाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण