बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट

बुधबार, १० असार २०८३, २१ : ४२
बुधबार, १० असार २०८३

काभ्रे । रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७२ करोड ९९ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको रोशी गाउँपालिका सभाको १९ औं अधिवेशनको बैठकमा उपाध्यक्ष मीमबहादुर वाइवाले ७२ करोड ९९ लाख ४२ हजार बराबरको आय र व्ययको अनुमान प्रस्तुत गरिएको हो

रोशीले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि पेस गरेको कुल बजेटको खर्च व्यहोर्ने स्रोत तर्फ अन्तरिम मौज्दातसमेत गरी आन्तरिक स्रोतबाट ५ करोड ८३ लाख ६५ हजार सङ्कलन हुने अनुमान गरिएको उनले बताए ।

रोशीको आगामी वर्षको बजेटमा राजस्व बाँडफाँडबाट स्थानीय तह तर्फ ३ करोड ३० लाख, सङ्घीय राजस्व बाँडफाँडबाट ९ करोड ८६ लाख ८९ हजार र प्रदेश राजस्व बाँडफाँडबाट ४ करोड ५ लाख ३१ हजार प्राप्त हुने अनुमान छ । 

सङ्घीय सरकार समानीकरण १० करोड ४३ लाख रुपैयाँ, सशर्त अनुदान ३३ करोड २३ लाख रुपैयाँ, समपूरक अनुदान ३० लाख रुपैयाँ, विशेष अनुदान ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट समानीकरण ९१ लाख ५९ हजार रुपैयाँ, सशर्त अनुदान १ करोड २७ लाख ९८ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ४५ लाख रुपैयाँ र विशेष अनुदान ५५ लाख हुने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप