कार्यवाहक प्रधानमन्त्री सिंह र सचिव गेलालबिच कार्यसम्पादन सम्झौता
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबिच कार्यसम्पादन सम्झौता भएको छ ।
मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बिच कार्यवाहक प्रधानमन्त्री सिंह र सहरी विकास मन्त्रालयका सचिव गेलालबिच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिबद्धतासहितको कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो ।
त्यस अवसरमा बोल्दै कार्यवाहक प्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरू समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्यसम्पादन सम्झौता गरेको बताए । उनले सो सम्झौतामा उल्लेख गरिएको प्रतिबद्धताहरुसहितको कार्यसम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे ।
त्यस अवसरमा सचिव गेलालले पनि कार्यवाहक प्रधानमन्त्री सिंहसँग मन्त्रालयको कार्य सम्पादनका लागि गरिएको सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्झौतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण