आईसीसी अलराउन्डर वरीयतामा सन्दीपको छलाङ
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो वरियतामा प्रभावशाली लेग–स्पिनर सन्दीप एकैपटक ४१औँ स्थानमा उक्लिएका छन् ।
सन्दीप अघिल्लो वरीयताको तुलनामा एकैपटक २२ स्थान माथि उक्लिएका हुन् । पछिल्लो एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी भने ४८औँ स्थानमा खस्किएका छन् । उनले अघिल्लो वरीयताको तुलनामा ६ स्थान तल झरेका हुन् ।
यसैगरी, नयाँ वरीयतामा अर्का नेपाली खेलाडी कुशल मल्ल ५१औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा सात स्थान तल झरेका हुन् । पछिल्लो अलराउन्डर वरीयतामा नेपाली खेलाडी सोमपाल कामी ५३औँ स्थानमा छन् । उनी यसअघिको वरीयतामा पनि यही स्थानमा थिए ।
समकालीन विश्व क्रिकेटका थुप्रै प्रभावशाली खेलाडी नयाँ वरीयतामा सन्दीपभन्दा पछाडि छन् । सन्दीपसँगै अस्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि ४१औँ वरीयतामा छन् । नेपालका करण केसी ७६औँ स्थानमा छन् । उनी विगतको तुलनामा ११ स्थान माथि उक्लिएका हुन् । गुलसन झा पनि १३ स्थान सुधार गर्दै ९१औँ स्थानमा उक्लिएका छन् ।
पछिल्लो एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी पहिलो स्थानमा आसिन छन् । बंगलादेशका सकिब अल हसन दोस्रो र जिम्बाबेका सिकन्दर राजा तेस्रो स्थानमा रहेका छन् । अफगानिस्तानका रासिद खान चौथो र अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पाँचौँ स्थानमा छन् ।
आईसीसीले जारी गरेको एकदिवसीय टोलीको पछिल्लो वरीयतामा भने नेपाल एक स्थान तल खस्किएको छ । नयाँ वरीयतामा नेपाल १७औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण