अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
सारांश
- अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा तीन दिनको लागि गर्मी बिदा दिने निर्णय गरेको छ।
- बढ्दो तापक्रमले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने र पठनपाठन असहज हुने भएकाले जेठ २५ देखि २७ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्।
- यो बिदा वर्षे बिदाबाट मिलान गरिनेछ र नगरपालिकाले स्वास्थ्य सतर्कता अपनाउन तथा विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।
बुटवल । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएपछि कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको छ। पछिल्लो केही दिनयता तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएकाले पठनपाठन अवरुद्ध हुने अवस्था सिर्जना भएपछि यस्तो निर्णय लिइएको हो।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न समेत निकै असहज भएकाले बिदा घोषणा गरिएको हो। नगरपालिकाको निर्णय अनुसार नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आगामी जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म तीन दिन गर्मी बिदा दिइएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा यो बिदा पछि वर्षे बिदाबाट मिलान गरिने समेत स्पष्ट पारेको छ। गर्मी निकै बढेर जनजीवन कष्टकर बन्दै गएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र विद्यार्थीको सुरक्षालाई विशेष प्राथमिकतामा राख्न पनि नगरपालिकाले सबै विद्यालयहरूलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण