उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई प्रभु साहको आग्रह
काठमाडौँ । आम जनता पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण देशैभरी ठुलो मात्रामा जनधनका साथै भौतिक पूर्वाधारको क्षति भएको छ । कतिपय परिवार घरबार विहीन भएका छन् ।
`अविरल वर्षाले धेरै परिवार घरबार विहीन भई खाने, बस्ने समस्यामा छन् । बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ । बाढी पहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ´ आजपा अध्यक्ष साहले भने, `अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरूलाई म विशेष अनुरोध गर्दछु ।´
साथै उनले पीडित परिवारलाई तत्काल उद्धार, सहयोग गर्दै खाने, बस्ने व्यवस्थापन लगायत विषयमा विशेष ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण