६ स्थानमा नदीको जलस्तर खतराको तह पार
आइतबार, १३ असोज २०८१, १८ : ०८
काठमाडौँ । देशका विभिन्न नदीहरूमा जलस्तरखतराको तह पार गरेको छ । आइतबार साँझ ६ बजेको तथ्याङ्क अनुसार विभिन्न ६ स्थानमा नदीहरूको जलस्तर खतराको स्तरमाथि रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको बालकुमारीमा मनोहरा नदीको जलस्तर खतराको तहभन्दा माथि रहेको छ । त्यस्तै, ललितपुरको खोकनामा बागमती नदीको जलस्तरले खतराको तह पार गरेको छ । यद्यपि, त्यहाँ जलस्तर घट्ने क्रममा छ ।
उता, धनकुटामा अरुण नदी र तमोर नदी, सिन्धुलीमा सुनकोशी र भोजपुरमा सुनकोशी नदीको जलस्तर खतराको तहमाथि रहेको छ । यसैगरी, मकवानपुरमा बागमती नदी र सिन्धुपाल्चोकमा सुनकोशी नदीको जलस्तर उच्च रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण