बाढी
देशका ६ स्थानमा नदीको जलस्तर खतराको तहमा
सोमबार, १४ असोज २०८१, ०६ : १९
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जसले गर्दा विभिन्न स्थानमा अझै पनि वर्षा भइरहेको छ । वर्षासँगै नदीहरूको जलस्तर बढ्दो छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे ६ स्थानमा नदीहरूको जलस्तर खतराको तहभन्दामाथि रहेको छ । हाल काठमाडौँको बालकुमारीस्थित मनोहरा खोलामा जलस्तर खतराको तहमा रहेको छ । यहाँ जलसतह बढ्दो क्रममा छ ।
त्यस्तै, ललितपुरको खोकनामा पनि बागमतीको जलस्तर खतराको तहमा रहेको छ । यद्यपि, यहाँ भने जलस्तर घट्दो क्रममा छ ।
यसबाहेक धनकुटामा अरुण नदी, सिन्धुलीमा सुनकोशी नदी, भोजपुरमा सुनकोशी नदी र धनकुटामा तमोर नदीको जलस्तर खतराको तहभन्दा माथि रहेको छ ।
यता, मकवानपुरको भोर्लेनीमा बागमती नदीको जलस्तर बढ्दो क्रममा रहेको छ । त्यहाँ चेतावनी जारी गरिएको छ । सिन्धुपाल्चोकमा सुनकोशी नदीको जलस्तर पनि चेतावनीको तहमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण