सेयर बजार
नेप्से साढे ४ प्रतिशतले बढ्यो, परिसूचक २६२३ बिन्दुमा
मङ्गलबार, १५ असोज २०८१, १५ : ११
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ ।
आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो ।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए ।
मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण