बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण सिर्जना कांग्रेसको माग
काठमाडौँ । सत्ता साझेदार दल नेपाली नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण सृजना गर्न सरकारसँग कांग्रेसको माग गरेको छ । विभागको बिहीबार बसेको बैठकले ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य नैनसिंह महरको नेतृत्वमा रहेको विभागले पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गराएको छ । साथै‚ सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षकको समस्या केन्द्रित हुनुपर्ने विभागको भनाई छ।
विभाग प्रमुख महरका अनुसार बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षतिप्रति संवेदनशील बन्न र जनताको आवश्यकता बुझेर राहत दिन पनि अनुरोध गरेको छ । यस्तै शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरू प्रदान गरी शिक्षण सिकाई क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निर्णय समेत विभागले गरेको छ । शिक्षा नीति निर्माण गर्न देशभरका ६,७४३ वडा, ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रबाट सुझाव समेट्ने निर्णय समेत भएको महरले जानकारी दिए ।
आज बसेको बैठकले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा विधेयकमाथि सरोकारवालाहरूसँगको थप छलफल गरेर विधेयक पास गर्नुपर्ने र शिक्षा भित्रका विद्यमान रहेका समस्या समाधान गर्न संसद् र राजनीतिक दलहरूसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण