नेपाल प्रिमियर लिग क्रिकेट : दीपेश कँडेल काठमाडौँ र सन्तोष कार्की चितवनमा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा दीपेश कँडेलले काठमाडौँ गुर्खाज र सन्तोष कार्कीले चितवन राइनोजबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा दीपेश कँडेललाई काठमाडौँ गुर्खाजले पाँच लाख रुपैयाँमा खरिद गरेको हो । सन्तोष कार्कीलाई पनि चितवन राइनोजले पाँच लाख रुपैयाँमै खरिद गरेको हो ।
यसैगरी, सुमित महर्जनलाई काठमाडौँ गुर्खाजले पाँच लाख रुपैयाँमा खरिद गरेको छ । अमित श्रेष्ठलाई सुदूरपश्चिम रोयल्सले तीन लाख ५० हजार रुपैयाँमा किनेको छ । रित गौतमलाई कर्णाली याक्सले पाँच लाख रुपैयाँमा खरिद गरेको छ । दीनेश अधिकारीलाई लुम्बिनी लायन्सले दुई लाख ७५ हजार रुपैयाँमा खरिद गरेको छ ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण