शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा रोजगारीमा जाँदा लाग्ने अतिरिक्त खर्च नेपालद्वारा एकतर्फीरुपमा खारेज

बिहीबार, ०३ जेठ २०७५, ०७ : ००
बिहीबार, ०३ जेठ २०७५

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा रहँदै आएको सिन्डिकेट तोड्ने घोषणा गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले बिहिबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै सो घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री विष्टले मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क नेपालको तर्फबाट खारेज गर्ने जानकारी दिए । यद्यपि, मलेसियाको सरकारले नै मलेसिया आउने विभिन्न देशका कामदारमाथि यो शुल्क लगाउँदै आएको छ ।

त्यस्तै, रोजगारीमा जाने कामदारहरुसँग भिषा र स्वास्थ्य परिक्षण शुल्क लिन पाउने निर्णय गरिएको मन्त्री विष्टले जानकारी दिए । माइग्राम, वान स्टेप सेन्टर, आइएसी लगायत शुल्न नतिर्न सरकारले निर्णय गरेको छ ।

यसैगरी, नेपाल सरकारमा सूचीकृत भएका सबै स्वास्थ्य संस्थाहरुले स्वास्थ्य परिक्षण गर्न पाउने निर्णय समेत गरिएको छ ।

रातोपाटीले यो विषयमा निरन्तर समाचार लेख्दै आएको थियो ।

हेर्नुहोस् रातोपाटीमा प्रकाशित समाचार

मलेसिया रोजगारीमा लुटधन्दा : भीएलएन नेपाल र वान स्टप सेन्टरले यसरी असुल्दै छ रकम

बायोमेडिकल भित्र्याउने पदाधिकारी मालामाल, अरूको बेहाल !

वैदेशिक रोजगारीको अर्को पाटो : हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ

मलेसिया भिसा ‘धन्दा’ : सिन्डिकेटदेखि हुण्डीसम्म

यसरी लुटिन्छन् मलेसिया जाने नेपाली कामदार

मलेसिया रोजगारीमा लुटधन्दा : नेपालको प्राइभेट कम्पनीलाई मलेसियन इमिग्रेसनको अधिकार !

हामीलाई कसैले किन्न सक्दैन, वैदेशिक रोजगारको सिन्डिकेट चाँडै अन्त्य हुन्छ  : श्रममन्त्री गोकर्ण विष्टको अन्तरवार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप