रवि पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारीमा रास्वपा‚ केन्द्रीय नेताहरू पार्टी कार्यालयमा
काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी रास्वपाले गरेको छ । रास्वपा उच्च स्रोतले रातोपाटीलाई दिएको जानकारी अनुसार सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्याए कास्की जिल्ला समितिले उतै प्रतिवाद गर्ने तयारी गरेको छ ।
यसका लागि केन्द्रीय कार्यालयबाट अनौपचारिक रूपमा पनि कुनै सर्कुलर जारी भने नगरिएको स्रोतको दाबी छ ।
‘हामीले कुनै सर्कुलर जारी गरेका छैनौँ‚’ ती नेताले भने‚ ‘कार्यकर्ता जम्मा हुन्छन् भनेर जिल्लाबाट फोन आइरहेको छ । पार्टी सभापति पक्राउ पर्दा स्वतः स्फुर्त कार्यकर्ता जम्मा हुन्छन् नै।’
ती नेताले केन्द्रीय कार्यालयमा पनि कार्यकर्ताहरूलाई बोलाइएको छैन । ‘कानुन सबैले मान्नुपर्छ । पक्राउ गरिहाले त्यसपश्चात् कसरी अघि बढ्ने निर्णय होला‚’ उनले थपे‚ ‘अहिले कुनै हतारो छैन । हामी उपलब्ध नेताहरू पार्टी कार्यालय तिरै छौँ।’
ती नेताका अनुसार अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् ।
अघिल्लो पटक रविलाई पक्राउ गर्ने हल्ला चल्दा पार्टीले राजधानी काठमाडौँमा उपलब्ध नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा प्रतिवादन गर्न भन्दै बोलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण