पश्चिमी वायुको प्रभाव कायमै, यी पाँच प्रदेशमा हुनेछ वर्षा
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, बाग्मती र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण