सिटामोलको अभावबारे के भन्छ नेपाल औषधि लिमिटेड ?
काठमाडाैँ । नेपाल औषधि लिमिटेडले देशभर डेंगीको सङ्क्रमण बढेको अवस्थामा समेत बजारमा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट आएको जनगुनासोको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
लिमिटेडले आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको जानकारी गराएको छ ।
साथै पछिल्लो समयमा बढ्न गएको डेंगीको सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि आवश्यकता अनुसारको सिटामोल बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म खरिद गर्नसक्ने व्यवस्था मिलाइएको समेत जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण