प्रचण्ड भ्रष्टाचारको विरोधमा भन्दा हाँसो उठ्छ : बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख दलहरूले राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिसहितको परिवर्तनकारी कामहरूमा फड्को हानिसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् । दलका नेताहरूले यसमा चासो नदिँदा समस्या ज्यूँकात्यू रहेको उनको भनाइ थियो ।
शनिबार राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूसँगको छलफलमा उनले भ्रष्टाचार महारोगको रूपमा रहेको तर दलहरूले आफ्नालाई जोगाउने र अर्कालाई हान्नेबाहेक अरू केही नगरेको आरोप लगाए ।
‘भन्नका लागि त भ्रष्टाचार विरोधी भनिन्छ । सुन्दा रमाइलो पनि सुनिन्छ’, उनले भने, ‘अहिले ठुला दलका नेताहरू पालैपालो सरकार चलाइराख्नु भएको छ । आफ्ना पालामा गरेँ त भन्नुहुन्छ तर आफ्नो विरोधीलाई र आफ्नै पार्टीका अर्को गुटकोलाई कारबाही गरेजस्तो देखाउने गरे पनि भ्रष्टाचारको फोहोरको जुन आहाल छ त्यसलाई सम्म्याउन पहलचाहिँ गरेको देखिँदैन ।’
उनले शनिबार माओवादीले काठमाडौँमा गरेको प्रदर्शनप्रति पनि कटाक्ष गरे । भट्टराईले भने, ‘मैले अहिले बढी बोल्न त हुँदैन । तर अहिले प्रचण्डजीले भ्रष्टाचार विरोधमा भन्दा हाँसो उठ्छ’, उनले भने । प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कदम चालेको दाबी गर्दै आए पनि वास्तवमा त्यसो हुन नसकेको उनको तर्क थियो ।
यस्तै उनले नयाँ भनिने केही दलहरूले पनि विकल्प दिनुभन्दा पनि नकारात्मकता मात्रै फैलाउन केन्द्रित भएको जस्तो देखिएको भन्दै यसबारे गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे । नयाँ भनिनेहरू पनि व्यवस्थित हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टीले पहल गर्ने उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण