हत्या आरोपमा ६ जना पक्राउ, अनुसन्धान जारी
वीरगन्ज । बारा प्रहरीले महागढीमाई नगरपालिकामा भएको हत्या घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
शनिबार अज्ञात समूहले महानगढीमाई नगरपालिका निवासी श्रीनारायण प्रसाद यादवको धारिलो हतियारको प्रयोगले हत्या गरेको थियो । त्यस लगत्तै प्रहरीले चलाएको अनुसन्धानका क्रममा हिजो र आज गरी ६ जनालाई पक्राउ गर्न सकिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनका अनुसार पक्राउहरू सबैजना सोही नगरपालिकाकै रहेको पाइएको छ । आन्तरिक विवादका कारण यादवको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारी अनुसार विवाहेत्तर सम्बन्ध कारण हत्या भएको हुन सक्ने प्रहरी आंकलन छ ।
तर अनुसन्धान चलिरहेकोले उनीहरूको विवरण खुलाउन नमिल्ने प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरी बताउँछ ।
शनिबार राती नगरपालिकाको वडा नम्बर–१ म मृतक यादवमाथि धारिलो हतियारको प्रहार भएको थियो । घाँटीमा भएको धारिलो हतियारको प्रहारले उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण