भारत : इजलासमै प्रहरीद्वारा कानुन व्यवसायीमाथि कुटपिट
मङ्गलबार, १३ कात्तिक २०८१, १३ : ४३
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको गाजियावादमा मंगलबार जिल्ला अदालतको इजलासमै प्रहरीले कानुन व्यवसायीमाथि कुटपिट गरेको छ ।
बार एसोसिएसनका एक पदाधिकारी जोडिएको मुद्दामा सुनुवाइका क्रममा कानुन व्यवसायीले न्यायाधीशमाथि दुर्व्यवहार गरेका थिए । न्यायाधीशले प्रहरीलाई बोलाएपछि इजलासभित्रै ठुलो सङ्ख्यामा आएका प्रहरीले कानुन व्यवसायीमाथि लाठीचार्ज गरेको बताइएको छ ।
प्रहरीको कुटाइबाट केही कानुन व्यवसायी घाइते भएका छन् । इजलासको सबै ढोका बन्द गरेर आफूहरूमाथि प्रहरीले लाठी प्रहार गरेको कानुन व्यवसायीको भनाइ छ ।
घटनापछि कानुन व्यवसायीहरू अदालत बाहिर धर्नामा बसेर न्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् । न्यायाधीशले भने दुर्व्यवहारविरुद्ध कामकाज बन्द गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण